विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेरिङ एप याङ्गो बीच ऐतिहासिक सहकार्य भएको छ। यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्।
याङ्गो हाल विश्वका ३० भन्दा बढी मुलुकहरूमा सफलतापूर्वक संचालनमा छ र अब नेपालमा ट्याक्सीमाण्डू को आधिकारिक स्थानीय साझेदारको रूपमा प्रवेश गरेको हो।
यस नयाँ सहकार्यका बारेमा ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन केसी भन्छन्, “हामीले नेपालका यात्रु र चालकलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र अनुभव दिन याङ्गो एप नेपालमा ल्याएका हौं। टेक्नोलोजीमैत्री, पारदर्शी, र सस्तो सेवाले यो सहकार्य देशभरका यात्रुका लागि गेम चेन्जर बन्नेछ।”
राइड मात्र ४० रुपैयाँदेखि, आकर्षक बोनस योजना पनि
मंगलबारदेखि सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँ बाट सुरु हुनेछ। सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागू गरिएको छ।
त्यसैगरी, अबका तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिशन नलिने घोषणा गरिएको छ- जसले चालकहरूको आम्दानीमा ठुलो सहयोग पुग्नेछ। स्थानीय उद्यमीका लागि नयाँ अवसरयाङ्गोले आफ्नै सवारी नभई स्थानीय चालक र ट्याक्सी व्यवसायीलाई प्रविधिमार्फत यात्रुसँग जोड्ने छ।
याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायो भन्छन्, “स्थानीय उद्यमीसँगको सहकार्यले आर्थिक अवसरहरू सिर्जना गर्नेछ र सहरको स्मार्ट मोबिलिटी पूर्वाधारमा योगदान पुग्नेछ।”
ट्याक्सीमाण्डूका अर्जुन केसी भन्छन्, “डिजिटल लेखा प्रणाली, रियल टाइम ट्र्याकिङ, र फ्लिट व्यवस्थापनजस्ता फिचरले पारदर्शिता र दक्षता दुवै बढाउने छन्। यो नेपाली ट्याक्सी व्यवसायीका लागि युगान्तकारी हुनेछ।”
सुरक्षा र पारदर्शितामा प्राथमिकता
यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ। एपमार्फत यात्राको गन्तव्य अनुसार स्वचालित रूपमा अनुमानित भाडा देखिनेछ र हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको छ। निकट भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि थपिनेछ।
याङ्गो समूह: ग्लोबल टेक जायन्ट
याङ्गो एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, दक्षिण एशिया लगायतका क्षेत्रमा राइड, डेलिभरी, फूडटेक, तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ।
अब यही प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको छ।
क्यूआर कोड स्क्यान गरी घरबाटै चालक दर्ता, कार्यालय जानु नपर्ने सुविधा
ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन केसीका अनुसार अब ट्याक्सी चालक र बाइक राइडर हरूले घरमै बसेर क्यूआर कोड स्क्यान गरेर सहज रूपमा आफूलाई दर्ता गर्न सक्ने सुविधा सुरु गरिएको छ। अब चालकहरूलाई कार्यालय जानुपर्ने आवश्यकता हटाइएको छ, जसले समय र खर्च दुवै बचाउनेछ।
अर्जुन केसी भन्छन्, “डिजिटल पहुँचलाई प्राथमिकता दिँदै हामीले यो सुविधा ल्याएका हौं। राइडर वा चालकले मोबाइलमा स्क्यान गरेर सीधै एपमार्फत आवश्यक विवरण भरेपछि केही मिनेटमै प्रोफाइल एक्टिभ हुन्छ।”
केवल ३ प्रतिशत कमिशन, प्रत्येक ट्रिपमा बोनस पनि
हालका लागि ट्याक्सीमाण्डू-याङ्गोले केवल ३ प्रतिशत कमिशन लिने नीति लागू गरेको छ। जुन बजारको सबैभन्दा न्यून दर हो। साथै, प्रत्येक ट्रिपमा चालक र राइडरले बोनस पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ, जसले उनीहरूको आम्दानीमा प्रत्यक्ष सहयोग पुग्नेछ।
याङ्गो सेवाको सहज पहुँचका लागि हाल १० भन्दा बढी एजेन्सीहरू मार्फत बजारमा सेवा उपलब्ध गराइएको छ।