शिक्षा समितिको बैठक सुरू: विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन छलफल हुने « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

शिक्षा समितिको बैठक सुरू: विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन छलफल हुने



काठमाडौं । बुधबार दिउसो शिक्षा समितिको बैठक सुरू भएको छ । सिंहदरबारमा संसद्को शिक्षा समिति बैठककाे सुरू भएकाे बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने भएको छ ।

साे बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनहरू छलफल हुने छ ।

बैठकमा सदस्यहरूले आ-आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुने जनाइएको छ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्