पोखरा विमानस्थल निर्माणमा अनियमितता: अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

पोखरा विमानस्थल निर्माणमा अनियमितता: अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन



काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भएको अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ ।

विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको हो ।

झण्डै साढे ४ घन्टा लामो छलफलपछि समितिले उपसमिति र पूरक मतसहितको प्रतिवेदन ग्रहण गर्दै अख्तियारमा पठाउने निर्णय लिएको हो । समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार प्रतिवेदनमा उठाइएका १५ मूलभूत प्रश्नलाई निर्णयमा समावेश गरिएको छ ।

निर्णय अघि समितिमा प्रतिवेदन ग्रहण गर्ने प्रक्रिया, नेतृत्व र कार्यशैलीबारे विवादसमेत देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्