नेप्सेमा झिनो सुधार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट « Arthapath.com
२९ असार २०८२, आईतबार

नेप्सेमा झिनो सुधार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.५३ अंकले बढेर २६ सय ७७ दशमलव ३० विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । आज ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ८७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

हिजो ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

यसदिन ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्