‘सीप मेला’,२०८२ लाइ सफलता दिन एनसेल फउन्डेसन र काठमाडौं महानगरबीच समझदारी
प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतबार १२ :
२० बजे
काठमाडौं । 'सीप मेला',२०८२ लाइ सफलता दिनका निम्ति एनसेल फउन्डेसनले काठमाडौं महानगरपालिकासंग समझदारी गरेको छ । महानगर र एनसेलबीच जेठ २१ गते टुँडिखेलमा सम्झौता भएको हो ।
महानगरले आयोजित गरेको यो सीप बिकास कार्यक्रम सबैभन्दा ठूलो आयोजना रहेको छ । सीप बिकासको आयोजना अन्तर्गत व्यवहारिक र रोजगारी सीपमा तालिम दिईने महानगरले जनाएको छ । जस अन्तर्गत सहभागीले रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुग्ने छ ।
सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षेर गरेका छन् भने एनसेल फउन्डेसनका तर्फबाट स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्का र कर्पेरेट एण्ड रेगुलेटरी अफेयर्स ढाइरेक्टर डिल्लीराम श्रेष्ठले हस्ताक्षेर गरेका हुन् ।
एनसेल फउन्डेसनकि प्रोजेक्ट डाइरेक्टर खड्का भन्छिन् ''एनसेल फउन्डेसनले हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउन र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास लिएका छौँ । यस सीप मेलामा काठमाडौं महानगरको सहकार्यद्धारा युवाहरुलाई व्यावहारिक सीपहरु प्रदान गरी आजको परिवर्तनशील रोजगारीमा सफल'' हुने विश्वास लिएको बताएकि छन् ।
जेठ ७ गतेदेखी सुरु भएको सीप मेला हालसम्म १० वटा क्षेत्रमा आधारित ३७ पेसामा २ हजार ४२४ जनालाई तालिम दिइदै छ । यसभित्र आईसीटस क्षेत्रमा साईबर सेक्युरिटि, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजिटल मार्केटिङ, ड्रोन रोबोटिक्स फाइबर अब्टिक्स टेक्निसियन, कित्रिम बौद्धिकता र यसको प्रयोग एआई एण्ड एट्स एप्लिकेसन गरी जम्मा १२ वटा पेसामा तापलम रहेका छन् । ब्युटिसियन क्षेत्रमा विक्स मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने पेसा रहेका छन् ।
यसैगरी गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाईनिङ गरी जम्मा २ वटा तालीम रहेका छन् भने कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसिन, वेल्डिङर कार्पेन्ट्री गरी ५ वटा पेसा तालीम रहेका छन् ।
यस्तै हस्पिटालिटिमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी ४ वटा पेसाका तालिम छन् भने अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल ईभि मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत लाईट भेहिकल मेसिा, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल स्कुटर मर्मत गरी यसमा ३ वटा तालीम रहेका छन् र आर्ट एण्ड स्कप्चरमा थांका, सेरामिक्स टेराकोटा गरी दुई वटा पेसा को तालिमहरु दिइनुका साथै कृषिमा फुलको सजावट सम्बन्धि बिषेश तालीम दिइने महानगरको लक्ष्य रहेको छ ।