प्रतिनिधिसभाको अबरोध हटाउन बसेको तिन दलका सचेतकबीच जुटेन सहमत

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामाबारे निष्पक्ष रुपमा छलफल नहुँदा दिनहुँ अबरोध हुँदै आएको प्रतिनिधिसभाको अबरोध हटाउन आइतबार सभामुख देबराज घिमिरेको नेतृत्वमा तिन दलका सचेतकसंग बसेको बैठकमा कुनैपनि सहमत जुट्न सकेन ।
सत्तारुढ एमालेका सचेतक बर्तौला र कांग्रेसका सचेतक घिमिरेले विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनबारेको गरेको मागमा सहमत नहुने अडान दोर्याए पछि प्रतिनिधिसभाको अबरोध अझैसम्म खुल्न सकेको छैन् ।
आज बानेश्वरमा विपक्षी दलहरुसंग बसेको बैठकमा सभामुख घिमिरेले राजनितिक दलहरुबिच सहमतका लागि बारम्बार संसद बैठक स्थगित गरेपनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सभामुख घिमिरेले संसद् अवरोधकै कारण अहिलेसम्म जेठ १५ गते भएको बजेट विनियोजनमाथि छलफल समेत हुन नसेको बताउदै संबैधानिक सीमा र व्यवहाकि पक्षको ख्याल गर्ने आग्रह गरेका छन् ।
आजको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको सहभागिता रहेको थियो ।
आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएका थिए सो छलफलमा प्रमुख सचेतक दलहरुले आ आफ्ना तर्कहरु व्यक्त गरेका थिए ।