सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ताकाे माग गर्दै व्यवसायीकाे प्रदर्शन « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ताकाे माग गर्दै व्यवसायीकाे प्रदर्शन



‘सुन हाम्रो व्यवसाय हो, विलासिता होइन !’ भन्ने नारासहित काठमाडौंको न्युरोड आइतबार प्रदर्शन भइरहेकाे छ । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका हुन्।

सरकारले बजेटमार्फत सुनचाँदी गहनामा लागू गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटविरुद्ध व्यवसायीहरू सडकमा उत्रिएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको आयोजनामा गरिएको विरोध प्रदर्शनमा सहभागीहरू प्लेकार्ड बोकेर ‘विलासिता कर खारेज गर’, ‘कालिगडमाथि कर होइन, कदर गर’, ‘उपभोक्तामैत्री ऐन ल्याउ’ जस्ता नारा लगाउँदै आक्रोशित बनेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले सरकारले सुनमा अनावश्यक रूपमा विलासी कर लगाएर आम व्यवसायीलाई संकटमा पारेको र व्यापारमाथिको प्रत्यक्ष प्रहार गरेकाे बताए ।


प्रतिक्रिया दिनुहोस्