मध्यरातमा काठमाडौं आइपुगे अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

मध्यरातमा काठमाडौं आइपुगे अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली



अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु आइतबार राति काठमाडौं आइपुगेका छन् । मेरिकी कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र ५ महिला मध्यरातमा काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्