भिजिटभिसा प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म विपक्षी दलले संसद खुल्न नदिने चुनौति कायमै

काठमाडौं । भिजिटभिसा प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म विपक्षी दलले संसद खुल्न नदिने चुनौति कायमै राखेका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद अवरुद्धबारे कायमै राख्ने धारणा नछोडेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिएका छन् ।
आज संसद् बैठक बस्नु अघि विपक्षी दलले भिजिटभिसा बारे छानबिन समितिको माग र समिति गठन नभएसम्म संसद खुलाउन सम्भव नरहेको बताएका छन् ।
विपक्षी दललहरुका अनुसार भिजिटभिसा प्रकरणमा निष्पक्ष र पारदर्शीताका साथ छानबिनका लागि संसदीय समिति आवश्यक रहेकोले आफ्नो अडान परिवर्तन नभएको बबताएका हुन् ।
विपक्षी दललहरुले आफ्नो अडान कायमै राखेकाले आज दिउँसो २ बजे बस्ने गरी तय भएको संसद बैठक अनिश्चित देखिएको छ । आफुहरुले काग्रेससंग पनि भिजिटभिसाको छानबिनबारे निष्पक्ष छलफल गर्ने कांग्रेससमेत तयार नरहेको विपक्षी आरोप छ ।