नयाँ स्टक एक्सचेन्जको अनुमति दिने-नदिनेबारे गरिएको शिवाकोटी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएकाे छ ।
नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने र नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गरिएको हो ।
समितिले तयार पारेको प्रतिवेदनले अहिलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्नुपर्ने सिफारिस गर्दै थप एउटा स्टक एक्सचेञ्जको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
निगरानी निकायको रुपमा नेपाल सरकारले आफ्नो सेयर स्वामित्व घटाएर निजी क्षेत्रसँगको सहकार्यगरी स्टक एक्सचेञ्ज सञ्चालन गर्ने हो भने पूँजी, प्रविधि, व्यवस्थापन, कारोबार प्रणाली लगायतका पुनर्संरचना गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त समितिले यो प्रतिवेदन २०८१ वैशाख ३ गते नेपाल सरकार अर्थमन्त्रालयलाई बुझाएको थियो ।















