आइएमएफले नेपाललाई इसीएफ अन्तर्गत थप ४२.७ मिलियन अमेरिकी डलर दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गत थप ४२.७ मिलियन अमेरिकी डलर (५ अर्ब ८४ करोड रुपैयाँ) दिने पनि भएको छ ।
नेपालले इसीएफ अन्तर्गतका कार्यक्रम कार्यान्वयन प्रगति गरिरहेको आइएममएफले छैटाैं किस्ता अन्तर्गत उक्त रकम दिने भएकाे हाे ।यससँगै आइएमएफबाट नेपालले कूल ३३१.८ मिलियन अमेरिकी डलर वित्तीय सहायता प्राप्त गर्नेछ ।
आइएमएफको मिसन प्रमुख सरवत जहाँको टोलीले सन् २०२५ मे २६ देखि जुन १० सम्म काठमाडौंको भ्रमण गरेको थियो। सो भम्रणका क्रममा नेपाली पक्षसँग रचनात्मक छलफल भएको आइएमएफले जनाएको छ ।
जहाँले नेपाली अधिकारीहरू र आइएमएफका कर्मचारीहरूसँग छैटौं समीक्षा पूरा गर्न आवश्यक नीतिहरू र सुधारहरूबारे कर्मचारी-स्तरको सम्झौतामा पुगेको बताएकी छन्।
‘संरचनागत सुधारहरुले गति लिएको देखिन्छ। आर्थिक गतिविधि पनि क्रमशः पुनरुत्थान भइरहेको छ। आर्थिक वर्ष २०२४\२५ मा आर्थिक वृद्धि ४ प्रतिशतमा भन्दा माथि हुने अनुमान छ’ उनले आफ्नो रिपोर्टमा भनेकि छन् ।
यस्तै, आगामी दिनमा आर्थिक वृद्धि सुदृढ हुने र मुद्रास्फीति नियन्त्रणमा रहने अपेक्षा गरिएको रिपोर्टमा उल्लेख छ।