प्रहरी र जेनिस सोलुसनको साझेदारी, साइबर अपराधबारे बृहत् अन्तरक्रिया « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

प्रहरी र जेनिस सोलुसनको साझेदारी, साइबर अपराधबारे बृहत् अन्तरक्रिया



काठमाडौं । बढ्दो साइबर अपराध र सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रहरीको साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि विभाग प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राईलगायत उच्च प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, जेनिस सोलुसनका वरिष्ठ निर्देशक अमित जोशी, शरद बन्जरा, निर्वान पाल, सम्पन्न श्रेष्ठलगायतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सुरक्षा रणनीतिबारे प्रस्तुति दिएका थिए ।

नेपालसहित ११ देशमा सेवा दिइरहेको बेलायतमा मुख्यालय रहेको जेनिस सोलुसनका प्रमुख अन्जनी फुँयाल नेपाली मूलका बेलायती नागरिक हुन् ।

प्रहरीको पहलमा आयोजित यस खालको कार्यक्रमलाई साइबर सुरक्षाको सुदृढीकरणतर्फ सकारात्मक कदमका रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्