राजावादी आन्दोलनमा घाइते भएकी रेविकालाई संयुक्त जनआन्दोलनद्धारा सहयोग रकम हस्तान्रण

काठमाडौं । गत चैत १५ गते राजावादी आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त भएको सहयोग रकम बुधबार संयुक्त जनआन्दोलन समितिले हस्तान्रण गरेको छ ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, जिर्देशक समितिका सदस्यहरु डा. प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेशराज बास्तोलाको संयोजनमा लिजवनले पोर्चुगलबाट उपलब्ध भएको सहयोग रकम आज उनको हातमा हस्तान्तरण गरेका छन् ।
संयोजक नवराज सुवेदीको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी खत्रीलाई ८ लाख ३९ हजार ४०० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले खत्रीको स्वास्थ्य लाभको कामना सहित सहयोग रकम उपलब्ध गरेका हुन् ।