चीन भ्रमणमा जाँदै अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चीन भ्रमण जाने भएका छन् । उनको दुई दिने चीन भ्रमण स्वीकृत भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा पौडेललाई सहभागी हुन स्वीकृति दिएको हो । बैठक आउँदो असार १० गतेदेखि १२ गतेसम्म हुनेछ ।