२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यमा पुग्ने विश्वकै पहिलो पिकअप « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यमा पुग्ने विश्वकै पहिलो पिकअप



काठमाण्डौं । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जि७ ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ(रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ।

यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ। टुनल्याण्ड जि७ ले नेपालका सबैभन्दा कठिन आठ उच्च भूभागहरू सफलतापूर्वक पार गरेको हो।

उक्त यात्रा दार्चुलाको हिकिलामा (१ हजार ९६७ मिटर), पर्वतको फलामे (२ हजार ३२५ मिटर), इलामको सन्दकपुर (३ हजार ६३६ मिटर), कर्णालीको जुम्ला (२ हजार ५१४ मिटर), मनाङको खाङसार (३ हजार ७५६ मिटर), ढोरपाटन (३ हजार ९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४ हजार ६६० मिटर) र संखुवासभाको गुफापोखरी (२ हजार ८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो।

यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए। टुनल्याण्ड जि७ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्यो र तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट ४x४ अफ-रोड पिकअप बन्न सफल भएको हो।

यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। आर १८ टायरले कच्ची बाटोमा हिलो र ढुङ्गा भएपनि राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गरेको थियो। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्न मदत गरेको हो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो। बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड जि७ भित्रचाहिँ विलासी र आरामदायी रहेको छ।

यसमा प्यानोरामिक सनरुफ, तातोरचिसो हुने १२-तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२।. इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।

२३ दिने यो यात्रा टुनल्याण्ड जि७ को एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्‍यो। नेपाली ग्राहकसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड जि७ ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गरेको छ।

यो यात्राले टुनल्याण्ड जि७ केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखाएको छ। यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेहरूका लागि बनाइएको पावर मेशिन हो।


प्रतिक्रिया दिनुहोस्