टिकेन सेयर बजारकाे उत्साह, काराेबार रकम पनि खुम्चियाे

काठमाडाैं । दुई दिन लगातार बढेको सेयर बजारमा बुधबार पुनः गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १३.२८ अंकले घटेर २६ सय ६४ दशमलव ८८ बिन्दुमा झरेकाे छ ।
नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । आज ३०७ कम्पनीकाे २ कराेड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० कराेड ७० लाख ५ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको थियाे ।
आज जलविद्युत समुहबाहेक सबै समुह घटेका छन् । बजार घटेपनि बुटवल पावर कम्पनी, पियेर इनर्जी र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीकाे सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेकाे छ ।