आज पनि प्रतिनिधिसभाको बैठक स्थगित,विपक्षी दलले बैठकमै लगाए नाराबाजी « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

आज पनि प्रतिनिधिसभाको बैठक स्थगित,विपक्षी दलले बैठकमै लगाए नाराबाजी



काठमाडौं । बुधबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरुले बैठकमै उठेरै आज पनि गृहमन्त्रीको राजिनामा दे जस्ता नारा लगाए पछि उक्त बैठक अवरोध भएको हो ।

भिजिटभिसा प्ररकणमा गृहमन्त्री रमेश लेखकको राजिनामा तथा निष्पक्ष छलफलका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दे विपक्षी दलले जेठ १३ गतदेखी निरन्तर बैठक अवरोध गर्दे आएका छन् ।

आज विपक्षी दलहरु बैठकमै उठेरै मानव तस्करलाई कारबाही गर, गृहमन्त्रीको राजिनामा गर जस्ता नारा लगाए पछि बैठक भोलि बिहिबार दिउँसो ३ बजे सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्