संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध आज फैसला नआउने, फैसला अब असार १८ गते आउने « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध आज फैसला नआउने, फैसला अब असार १८ गते आउने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ / २०७८ सालमा दुई चरणमा नियुक्त गरिएका ५२ पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको फैसला अब असार १८ गते आउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला नआएपछि निर्णय सुनाउने मिति २० दिनपर सरेको छ ।

उक्त मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि बुधबारका लागि निर्णय सुनाउने मिति तोकिएको थियो तर, सोही बमोजिम बुधबार प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलास तोकिए सँगै न्यायाधीशहरू छलफलमा जुटेका थिए

न्यायाधीशहरूबिच करिब ६ घण्टा छलफल चल्दा पनि छलफल नसकिए पछि आज फैसला नहुने निर्णय भएको हो । न्यायाधीशबिच राय बाझिएकाले आज फैसला नआएको हो। यससँगै आज फैसला नहुने र फैसलाका लागि अब असार गते तोकिएको इजलास अधिकृतले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्