नेपाल टेलिकमको निमित्त प्रमुखमा सबिना मास्के नियुक्त « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

नेपाल टेलिकमको निमित्त प्रमुखमा सबिना मास्के नियुक्त



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकि छिन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज जेठ २८ गते (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम २८ गते चलानी नम्बर संस्थान र ३१७८ को नियुक्ति पत्रबाट उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।

यसअघि उनि कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकि थिइन् भने आज जेठ २८ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्ने भएकि छिन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छिन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरि २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकि थिइन् भने उनि २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकि थिइन् ।

पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।


प्रतिक्रिया दिनुहोस्