२० अर्ब रूपैयाँ गायब भएको भन्ने भ्रामक समाचारप्रति नेपाल बैंकको गम्भीर ध्यानाकर्षण « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

२० अर्ब रूपैयाँ गायब भएको भन्ने भ्रामक समाचारप्रति नेपाल बैंकको गम्भीर ध्यानाकर्षण



काठमाडाैं । नेपाल बैंक लिमिटेडबाट आर्थिक वर्ष २०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रूपैयाँ गायब भएको भनी प्रकाशित गरेको भ्रामक, झुटो र तथ्यहीन समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले एक सुचना प्रकाशन गर्दै केही नेपाली सञ्चार माध्यमहरूले भ्रामक, झुटो र तथ्यहीन समाचार प्रकाशित गरेकाे भन्दै ध्यानाकर्षण गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपाल कानुनबमोजिम आफ्नो हिसाबकिताब राख्दै र नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको बैंकले जनाएको छ।

साथै बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरू त्रैमासिक तथा वार्षिक रूपमा समेत सबैको जानकारीका लागि सार्वजनिक गर्ने गरिएको यथार्थ सबैमा जानकारी गराउँदै यस्ता भ्रामक समाचारहरूमा विश्वास नगर्न बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाल बैंक लिमिटेड वित्तीय रूपमा सुदृढ रहनुका साथै नियामक निकायको नीति तथा निर्देशनहरू पूर्ण पालनामा प्रतिबद्ध रहेको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्