प्रतिनिधिसभाको बैठक आज पनि ५:३० बजेसम्म स्थगित « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज पनि ५:३० बजेसम्म स्थगित



काठमाडौं । बिहिबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक आज पनि बस्न नसकी स्थगित गरिएको छ ।

दिउँसो ३ बजे बस्ने भनिएको बैठकमा विपक्षी दलहरुले गृहमन्त्रीको राजिनामा माग गरेपछि सो बैठक ५:३० बजेसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

सत्ता पक्ष र विपक्षी दलहरुबिच सहमतिका लागि छलफल चलिरहेको हुदा प्रतिनिधिसभाको बैठक बस्न बसकेको सचिवालयले जनाएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका हुन्।

सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ भने, प्रतिपक्षी दलहरूले घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्