गृहमन्त्रीको छानबिनमाथि समिति बनाउने लिखित प्रतिबद्धता आएपछि मात्रै संसद् खोल्ने प्रतिपक्षी दलको सुझाव « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

गृहमन्त्रीको छानबिनमाथि समिति बनाउने लिखित प्रतिबद्धता आएपछि मात्रै संसद् खोल्ने प्रतिपक्षी दलको सुझाव



२९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथिको छानबिन निस्पक्ष रुपले गर्न समिति बनाउने लिखित प्रतिबद्धता आएपछि मात्र संसद् खोल्न तयार रहेको बताएका छन् ।

आज दिउँसो बसेको प्रतिपक्षी दलहरूको बैठकले सत्ता साझेदार दलहरूले समिति बनाउन लिखित प्रतिबद्धता गरेमात्रै संसद् चल्न दिने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेक हितराज पाण्डेले जानकारी दिएका छन ।

सभामुखले सत्ता पक्षका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई सुनाएपछि अहिले आफ्नो धारणा तय गर्न ती दुई दलको बैठक बसिरहेको छ ।

प्रतिपक्षी दलले भने आफुहरु एक कदमपछि नगएपनि अहिले तत्काल छानबिन समिति नबनाए पनि छानविन समिति बनाउने प्रतिबद्धता आए संसद खोल्न सकिने बताएका छन् ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि स्थगित गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्