रुपन्देहीमा झन्डै २ अर्बको लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालन, १० हजार किसान जोडिए « Arthapath.com
६ असार २०८२, शुक्रबार

रुपन्देहीमा झन्डै २ अर्बको लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालन, १० हजार किसान जोडिए



काठमाडाैं । रुपन्देहीमा करिब २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। ‘फर्स्ट च्वाइस फुड्स प्रालि’ले नेपालमै पहिलोपटक यस्तो उद्योग स्थापना गरी उत्पादन र बजारीकरण थालेको हो।

गुल्मीको मदाने गाउँपालिका–६ स्थायी घर भई हाल बुटवलमा बसोबास गर्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा उद्योग सञ्चालनमा ल्याएका हुन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगको ‘फर्स्ट च्वाइस फुड’ उत्पादन सार्वजनिक गरे।

करिब ५ बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगले आलुबाट विभिन्न परिकार उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका उत्पादन ल्याइसकेको छ।

उद्योगका सञ्चालक तथा अध्यक्ष पौडेलका अनुसार यो उद्योगसँग करिब १० हजार आलु उत्पादक किसान जोडिएका छन्। हाल उद्योगले १९ जिल्लाका किसानहरूसँग सहकार्य गरिरहेको छ।

भविष्यमा यूएई, मलेशिया, साउदी अरेबियालगायत तेस्रो मुलुकहरूमा पनि निर्यात विस्तार गर्ने कम्पनीको योजना छ।


प्रतिक्रिया दिनुहोस्