इरानका तीन परमाणु केन्द्रहरूमा अमेरिकी हमला, के होला इरानले जवाफी कारबाही ?

एजेन्सी। अमेरीकाले इरानका परमाणु केन्द्रहरुमा हमला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार, शनिबार अमेरिकाले कूटनीतिक माध्यमबाट इरानलाई सम्पर्क गरेर यी हवाई आक्रमणहरू नै अन्तिम कारबाही भएकाे र शासन परिवर्तनको प्रयास गर्ने कुनै योजना नरहेकाे भनेर बीबीसीले उल्लेख गरेकाे छ ।
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएकोू बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताए।
‘यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्,’ ट्रम्पले भनेका छन्।
अमेरिकी आक्रमणले इरानका आणविक केन्द्रहरूमा कति क्षति पुर्याएको छ, वा घाइते वा मृतकको अवस्था कस्तो छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन।
इरानले ती तीन आणविक स्थलहरूलाई अघिल्लो केही समय अघि नै खाली गरिसकेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
इजरायलसँगको पछिल्लो झडप सुरु भएयता २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ र १,२०० भन्दा बढी घाइते भएका छन्।
त्यसैबीच, अमेरिकाले इरानका मुख्य आणविक स्थलहरूमा आक्रमण गरेपछि इजरायलले आफ्ना सुरक्षा उपायहरू कडाइ गरेको छ।
इरानले सम्भवतः क्षेत्रीय अमेरिकी सैन्य संरचनाहरूमा आक्रमण गरेर प्रतिक्रिया जनाउन सक्छ। इरानी अधिकारीहरूले पहिले नै कुनै पनि अमेरिकी आक्रमणले क्षेत्रीय युद्धको खतरा ल्याउने र उनीहरूलाई प्रतिउत्तर दिनेचे तावनी दिएका थिए।
इजरायका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानलाई आणविक शक्ति बन्ने सम्भावनाबाट रोक्नु इजरायलको उद्देश्य हो भन्दै १३ जुनमा इजरायलले अचानक इरानका दर्जनौं आणविक र सैन्य लक्ष्यहरूमा आक्रमण गरेपछि युद्ध शुरु भउको थियो ।
त्यसको जवाफमा तेहरानले सयौं रकेट र ड्रोन इजरायलतर्फ प्रक्षेपण गर्यो। त्यसयता दुबै देशबीच निरन्तर हवाई आक्रमण आदानप्रदान भइरहेका छन्, जुन अहिले एक साताभन्दा लामो समयदेखि चलिरहेको छ।