कालोपुलमा ईभीका लागि विशेष प्रिमियम एसेसोरिजहरू उपलब्ध गराउन अटो पार्लर सञ्चालनमा

काठमाडौं। काठमाडाैंमा इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ ।
अटो पार्लर प्रालि नामक कम्पनीले कालोपुलमा इलेक्ट्रिक सवारीसाधन (ईभी) का लागि विशेष प्रिमियम एसेसोरिजहरू उपलब्ध गराउने उद्देश्यले आफ्नो सेवा सुरू गरेको हाे।
कम्पनीले ईभी अनुकूल एसेसोरिजहरूलाई एउटै छानामुनि ल्याई, स्वच्छ र दिगो यातायात प्रणालीमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीका अनुसार अटो पार्लरमा उपलब्ध एसेसोरिजहरू अन्तर्राष्ट्रिय स्तरको गुणस्तरअनुसार तयार पारिएका छन्।
उनले भने, “हामीले न केवल प्रिमियम उत्पादनहरू उपलब्ध गराएका छौं, तर फिटिङ सुविधा र बिक्रीपछि आवश्यक पर्ने सेवा–सहायता पनि उपलब्ध गराउनेछौं।”
हालका लागि अटो पार्लरमा बीवाईडी डल्फिन, बीवाईडी एट्टो–थ्री, एमजी फोर, दीपल, आयोन–वाई, नामी, एक्सपेङ जी–ट, लिप मोटर, ओमोडा र ओरा गुड क्याटजस्ता लोकप्रिय ईभी मोडेलका लागि उच्चस्तरीय एसेसोरिज उपलब्ध छन्। केसीले जानकारी दिएअनुसार भविष्यमा बजारमा आउने नयाँ ब्राण्डहरूको मागअनुसार थप एसेसोरिजहरू ल्याउने योजना रहेको छ।
स्टोरमा उपलब्ध प्रमुख एसेसोरिजहरूमा मिरर कभर, डोर ह्याण्डल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर र ब्याट्री प्रोटेक्सन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६० क्यामेरा क्यामेरा लगायत छन्। साथै, परम्परागत आइसिइ गाडीका लागि पनि आवश्यक एसेसोरिजहरू उपलब्ध गराइएको छ।
ग्राहकले आफ्नो गाडीका लागि उपयुक्त एसेसोरिज छान्न प्रविधिक सल्लाह पाउन सक्छन्। स्टोरमा पर्याप्त पार्किङ सुविधा रहेको र ग्राहकहरूले आफूलाई चाहिएको सामान ढुक्क साथ छान्न तथा सोही स्थानमा फिटिङ गराउन सक्ने सुविधा समेत अटो पार्लरले प्रदान गरेको छ।