कतार र यूएईले खाेले हवाई मार्ग, अलपत्र यात्रुहरूकाे अवागमन केहि सहज बन्दै

काठमाडौं । कतार र यूएई आफ्नो एयरस्पेस खुला गरेसँग जनजिवन सामान्य बन्दै गएको छ । सोमबार राति अमेरिकी एयरबेसमा आक्रमण हुन सक्ने सम्भावित सूचनाको आधारमा कतारले आफ्नो आकाश बन्द गरेको थियो।
हिजो राति इरानले ४ लाख बढी नेपाली रहेको कतारको दोहास्थित अमेरिकी एयरबेसमा हमला गरेको थियो । त्यपछि कतार, युएई, बहराइन लगायत खाडी क्षेत्रका केहि राष्ट्रहरुले आफ्ना हवाई मार्ग बन्द गरेका थिए ।
यसले उडान अवरुद्ध हुँदा सोमबार राति काठमाडौं स्थित त्रिचुवन अन्तराष्ट्रिय विमास्थलमा ५०० भन्दा बढी यात्रुहरु अलपत्र परेका थिए । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।
हवाई मार्ग खुलेसँँगै दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ । याेसँगै यात्रुहरूकाे अवनगमन सहज बन्ने अपेक्षा गरिएकाे छ ।