इजरायल र इरानले पनि स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव, सहमति उलङ्घन नगर्न चेतावानी « Arthapath.com
१० असार २०८२, मंगलबार

इजरायल र इरानले पनि स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव, सहमति उलङ्घन नगर्न चेतावानी



काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानबीच युद्धविराम पूर्ण कार्यान्वयनमा आएको जनाएका छन्।

राष्टपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत युद्धविराम लागु भउकाे भन्दै यसलाई उलङ्घन नगर्न आग्ह गरेका छन् ।

यस लगत्तै इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ ।

युद्धविरामको कुनै पनि उल्लङ्घनको इजरेलले कडा प्रतिक्रिया दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।

इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ।

इरानबाट आफ्नो देशका निम्ति उत्पन्न ‘दुईथरी खतरा’ – परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्र – निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ। इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति तथा दर्जनौँ सरकारी निसानाहरू ध्वस्त पारिदिएको उसले बताएको छ।

केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भूभागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरेलसँगको युद्धविराम सहमति आरम्भ भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्