सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपत उद्धार सामाग्री हस्तान्तरण

काठमाडाैं । विपत जोखिम न्यूनिकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यलयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ, जसमा रबर बोट, लाइफ ज्याकेट, बुट लगायत अत्यावश्यक समाग्रीहरु रहेका छन् ।
रत्नपार्क स्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेक बहादुर तामाङ्गको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका हुन् ।
विपतको कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले जानकारी दिए ।
सोहि कार्यक्रममा भौगोलिक हिसाबले काठमाडाँै बाढि पहिरोको जोखिम क्षेत्र रहेको अनि यसका निमित्त सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकहरुको जीवन सुरक्षाका लागि सामाग्री वितरण गरेको भनि फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिई आगामी दिनहरुमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।