पञ्चकन्या बाथवेयरः आधुनिक डिजाइन, स्मार्ट सेवासँगै नेपालीपनको आभाष « Arthapath.com
१९ असार २०८२, बिहीबार

पञ्चकन्या बाथवेयरः आधुनिक डिजाइन, स्मार्ट सेवासँगै नेपालीपनको आभाष



काठमाडौँ । मान्छेका आवस्यकता र प्राथमिकताहरु पनि समयको धारासँगै बहन्छन् । कुनै बेला नेपाली समाजमा सभ्यताको प्रतीक मान्ने गरिएको शौचालय र स्नानघरहरु अब विलासी ‘रेस्टरूम’ र ‘बाथरूम’ मा रुपान्तरित हुन थालेका छन् ।

मान्छेहरुले घरमा राख्ने मन्दिरभन्दा ज्यादा वाथरुमलाई ध्यान दिन थालेका छन् । यसको साजसज्जा र सुगन्धमा उनीहरुले खास चासो राखिरहेका हुन्छन् । सफा एवम् सुन्दर वाथरुम अब सभ्य परिवारको पहिचान बनेको छ ।

यही कारण अब मान्छेहरुले बाथरुपका लागि गर्ने खर्च पनि बढ्दै गएको छ । त्यसैले त विभिन्न मुलुकबाट वाथरुपमा प्रयोग गर्ने वस्तुहरु आयात हुन्छन् । मानिसहरु विदेशमा समेत पुगेर किनमेल गर्छन् । पहिलेदेखि नै राणा, शाह र राजकीय ओहोदामा बसेका खानदानी परिवारले विदेशी मालवस्तु भित्र्याएर शौचालयको श्रृङ्गार गर्ने गरेको खबरहरु आउँथे ।

तर अब यस्ता सामान सर्वसुलभ मात्रै भएको छैन, विदेशी उत्पादनको भर पर्नुपर्ने बाध्यता पनि हटेको छ । हाम्रौ स्वदेशी कम्पनीले वाथरुममा प्रयोग हुने ‘ब्राण्डेड’ सामानहरु बजारमा ल्याइसकेको छ ।

पञ्चकन्याको प्रवेश

नेपाली बजारमा निर्माण सामग्रीको लागि सुपरिचित, विश्वासिलो र भरपर्दो नाम हो– पञ्चकन्या ग्रुप । करीव आधा शताब्दीदेखि स्थापित ब्रान्ड पञ्चकन्या ग्रुपले अब ‘बाथवेयर’ क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

स्टिल तथा फलामजन्य उत्पादन, खानेपानीका पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिट, सिमेन्ट लगायत निर्माण सामग्री उत्पादन गर्ने अग्रणी व्यावसायिक समूह पञ्चकन्या ग्रुपले २०८१ को उत्तरार्धमा ‘पञ्चकन्या बाथवेयर’ बजारमा ल्याएको थियो । यस उत्पादनले छोटो समयमा नै नेपाली उपभोक्तामाझ लोकप्रियता कमाएको हो।

धारा, सावर, बेसिन मिक्स्चर, सिङ्क मिक्स्चर, वाल मिक्सर, डाइभर्टर लगायतका उत्पादनहरु समेटिएको यस ब्रान्डले गुणस्तर, डिजाइन र सेवा सुविधाको सन्तुलनमार्फत बजारमा आफूलाई सशक्त रूपमा प्रस्तुत गरिरहेको कम्पनीको दावी छ ।

पञ्चकन्या बाथवयरले नेपाली बजारमा प्रिमियम गुणस्तरका उत्पादन मात्र होइन, उपभोक्तामैत्री सेवा सुविधा पनि ल्याएको दावी गरेको छ। अहिले बजारमा पञ्चकन्या ग्रुपले उत्पादन गरेका धाराका सामानहरु एकदमै रुचाइएका छन् ।

आफ्नै ब्रान्ड, आफ्नै पहिचान

चीन र भारतमा बनेका बाथवयर सामग्रीले बजार ओगटेका बेला नेपालको आफ्नै ब्राण्ड पञ्चकन्या बाथवयर नेपाली उपभोक्ता माझ नयाँ र भरपर्दो विकल्प बनेको छ ।

करिव १ वर्ष लामो अध्ययनपछि पञ्चकन्या ग्रुपले नेपाली बजारका लागि सुहाउँदो डिजाइनका काम गर्‍यो। त्यसपछि ‘पञ्चकन्या बाथवेयर’ ब्रान्ड उत्पादन गर्न उच्च प्रविधियुक्त उद्योग खोजी गर्‍यो। त्यसक्रममा भारतको एक प्रतिष्ठित उच्च गुणस्तरीय सामग्री उत्पादन गर्ने उद्योगसँग समझदारी गरेर ग्रुपले भने अनुसार नै बाथरुमका लागि प्रयोग हुने सावर, धारा उत्पादन थाल्यो ।

हाल पञ्चकन्या बाथवेयरका धारा, सावर, बेसिन मिक्चर, सिङ्क मिक्चर, वाल मिक्चर, डाइभर्टर र धाराका अन्य भित्री पाटपर्जाहरु गुणस्तरीय र तुलनात्मक रुपमा सस्ता सामानहरु बजारमा उपलब्ध छन् ।

अत्यन्तै महंगा, गुणस्तरहिन सामग्रीले वाक्क दिक्क भएका उपभोक्तालाई पञ्चकन्याले मध्येम मूल्य स्तरमा भरपर्दो एवम् गुणस्तरीय उत्पादन दिएको पञ्चकन्या बाथवेयरका बजार प्रवन्धक वसन्त रिजालले बताए ।

कम्पनीले अहिले विभिन्न डिजाइनका आधारमा १८ किसिमका धाराका सामग्री बजारमा ल्याएको छ । ती मोडलहरु नेपालका सातवटै प्रदेशमा वहने विभिन्न नदीको नामबाट नामाकरण गरेको छ ।

यसले नेपालीपन र नेपालीकरण झल्काउने विश्वास कम्पनीको छ । ग्राहकले धाराको गुणस्तर र मूल्यलाई रुचाई रहेको भन्ने प्रतिक्रिया बिक्रेताहरुबाट पाइरहेको कम्पनीको भनाइ छ ।

यस्तै पञ्चकन्याको धारामा पानी र हावा मिसिएर बबलसहितको पानी आउने एइरेटर टेक्नोलोजी प्रयोग गरिएको छ । यसले पानीको बहावलाई सुन्दर मात्र बनाउँदैन, नियन्त्रित गरेर पानी जोगाउन समेत मद्दत पुर्याउने रिजालको भनाइ छ ।

हात धुँदा कम पानी चाहिने र नुहाउँदा बढी पानी चाहिने हुँदा यी धाराले त्यसै अनुसार पानी बग्ने प्रविधि समेटिएको छ ।

१० वर्षको वारेन्टी, २४ घण्टाभित्र सर्भिस

पञ्चकन्या बाथवेयरका सबै उत्पादन १० वर्षको वारेन्टीसहित उपलब्ध छन्। कम्पनीले आफ्ना धाराहरुमा दश वर्षसम्म कुनै पनि उपकरण बिग्रिएमा प्लम्बर सेवासहित सम्पूर्ण मर्मत निःशुल्क र बिना–बिल फेरिदीने सुविधा समेत दिएको छ ।

‘अन्य कम्पनीहरुले बिल भएन भने काम गर्दैन, हाम्रोमा त्यस्तो हुँदैन, यसका लागि बील पनि चाहिँदैन । आफूले किनेको डिस्ट्रिब्युटरलाई म्यासेज गरे पुग्छ’ अधिकारीले भने ।

कम्पनीका अनुसार यस्ता उत्पादनमा प्रयोग हुने मेशिनरी तथा पार्टपूर्जाहरु ७ लाख पटकसम्म प्रयोग गर्दा पनि असर नपर्ने प्रमाणित परीक्षण भइसकेको छ।

धेरैजसो आयातित सामग्री महँगा मात्र होइन, गुणस्तरहीन पनि हुने गरेको गुनासोबीच पञ्चकन्याले मध्येम वर्गलाई लक्षित गर्दै टिकाउयुक्त, आकर्षक र सुलभ मूल्यका उत्पादन बजारमा ल्याएको जनाएको छ ।

उच्च गुणस्तर र जर्मन प्रविधिको उपकरण प्रयोग भएकाले वर्षौंका लागि धारा टिकाउ हुने अधिकारीको भनाइ छ । उनले भने, ‘यस्ता स्टाइलिस, टिकाउ र किफायती डिजाइनले बाथरुमलाई आधुनिक र आकर्षक बनाएको छ।’

कम्पनीले उत्पादनमा शतप्रतिशत भर्जिन ब्रास प्रयोग गर्दै कुनै स्क्र्याप सामाग्री प्रयोग नगरेको बताएको छ। ब्रासमा कपर र जिंकको सन्तुलन प्रयोग गरिएको छ, जसले उत्पादनलाई बलियो, स्वच्छ र टिकाउ बनाएको छ।

कम्पनीका अनुसार बाथरुम फिटिङ्समा किफायती मूल्यको विकल्प दिनु चुनौतीपूर्ण भए पनि गुणस्तरमा सम्झौता नगरी टिकाउ उत्पादन दिन आफूहरु सफल भएको बताएको छ।

यो प्रयास घरेलु प्रयोगकर्ताका साथै होटल, रेस्टुरेन्ट र व्यावसायिक प्रयोजनका लागि पनि उपयुक्त बनाइएको छ। यस्तै आफ्ना उपभोक्तालाई २४ घण्टाभित्र घर–घरमा सेवा सेवा दिने उदेश्यले देशभर कस्टमर केयर सञ्जाल विस्तार गरिरहेको कम्पनीले जनाएको छ ।

स्वदेशमै उत्पादनः विश्व बजारसम्म पुग्ने योजना

पञ्चकन्या बाथवेयरले गुणस्तर, किफायती मूल्य र नवीन डिजाइनको संयोजन गर्दै नेपाली बजारमा नयाँ मानक स्थापित गर्ने लक्ष्य राखेको छ। घरघरमा लक्जरी, टिकाउपन र किफायती बाथवेयर सामग्री पुर्‍याउनु कम्पनीको प्रमुख उद्देश्य रहेको छ।

पञ्चकन्या बाथवेयरका बजार प्रबन्धक रिजालका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र नभएर उपत्यकाबाहिर धनगढीबाट शुरु भएको पञ्चकन्या बाथवेयरको यात्रा हाल क्रमशः दाङ, कोहलपुर, बुटवल, भैरहवा, नारायणघाट, हेटौंडा, जनकपुर, सिन्धुली, सिमरा हुँदै देशभर फैलिएको छ।

हाल कम्पनीसँग ३० डिस्ट्रीब्युटर र १०० भन्दा बढी सब–डिलर छन् । यस्तै ५० स्थानमा डिस्प्ले स्पेस उपलब्ध भइसकेको छ । १०० दिनमा १०० आउटलेट खोल्ने लक्ष्य राखिए तापनि आर्थिक उतारचढावले लक्ष्य थोरै धकेलिएको कम्पनीले जनाएको छ ।

पञ्चकन्या ग्रुपले आफ्ना धारा एवं बाथवेयर प्रोडक्टहरु नेपालमै उत्पादन गरिरहेको छ । यी सामाग्रीहरु भैरहवा, थानकोट, पाटन गरी ५ कारखानामा उत्पादन हुँदै आएका छन् । जसमा करिब ११०० भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन ।

‘पञ्चकन्या बाथवेयर केवल एउटा उत्पादन लाइन होइन, नेपाली आत्मनिर्भरता र इमानदारीको नमूना हो । हाम्रा उत्पादनहरु भारतमा निर्यात शुरु गरिसकेको अब बाथवेयर सफल भएमा मेड इन नेपाल ट्यागसहित पञ्चकन्या बाथवेयरलाई विश्व बजारमा लैजाने सपना कम्पनीले देखेको छ’ कम्पनीका विक्री प्रमुख बसन्त रिजालले भने ।

डिजिटल प्रविधितर्फ अग्रसर

ग्राहकहरूले बिल सँगाल्न नपर्ने झन्झट अन्त्य गर्दै कम्पनीले प्रत्येक उत्पादनमा क्युआर कोड राख्न थालेको छ। खरिदपछि क्युआर स्क्यान गरी ग्राहकले आफ्नो विवरण र खरिद बिल अपलोड गर्न सक्छन्, जसबाट डिजिटल वारेन्टी प्रमाणपत्र स्वतः तयार हुन्छ। समस्यामा परेमा ग्राहकले क्युआर स्क्यानबाटै ग्राहक सेवा पहुँच गर्न सक्नेछन्।

सरकार होइन, जनतामा भरोसा

व्यवसायिक दृष्टिकोणबाट हेर्दा, सरकारले उद्योगी व्यवसायीहरूलाई हेर्ने दृष्टिकोणले निराशाजनक अवस्था बनाएको महसुस पञ्चकन्याको छ। तर, उपभोक्ताको माया र विश्वास नै उनीहरूको मुख्य प्रेरणा हो।

अधिकारीले भने, ‘हामी सरकारमुखी भन्दा पनि जनमुखी उपभोक्तामुखी छौ । उपभोक्तले हामीलाई विश्वास गरेका छन् माया दिएका छन्।’

आगामी योजना

अहिले वाल मिक्सर, डाइभर्टर, मेन होल कभरहरू, र अन्य हार्डवेयर उत्पादनहरू बजारमा ल्याइसकेको पञ्चकन्याले आगामी दिनमा सेरामिक बाथवेयरका सामानहरु पनि बजार ल्याउने तयारी गरेको छ ।

जसमा कमोड, बेसिन, युरिनल, कन्ट्रोलरजस्ता करिब ५० प्रकारका सामग्रीहरू समावेश हुने छन्।

जर्मन प्रविधिको प्रयोग गरेर बनाइने यी उत्पादनहरू आगामी भदौ पहिलो साताभित्र स्वदेशी बजारमा सार्वजनिक गरीने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्