दश वर्षको भरपर्दो ग्यारेन्टीसहित नयाँ ब्लु स्माइल सिरीज माइक्रवेभ ओभन अब नेपाली बजारमा

काठमाडौं । विश्वस्तरको घरेलु उपकरण निर्माता मिडियाले नेपालमा आफ्नो नयाँ ब्लु स्माइल सिरीज माइक्रवेभ ओभनको सार्वजनिक घोषणा गरेको छ।
यो सिरिजमा प्रयोग गरिएको इन्भर्टर क्वाट्रो प्रविधिले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्दछ। साथै, यसमा दिइएको म्याग्नेट्रोनमा १० वर्षको वारेन्टीले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्दछ।
ब्लु स्माइल सिरीज दुई भिन्न मोडेलहरूमा उपलब्ध छ, जसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिन्छ।यसले हरेक नेपाली भान्सामा खुसी, सजिलो र प्रविधिमैत्री वातावरण ल्याउने लक्ष्य लिएको छ।
यसको डिजाइन स्मार्ट र स्टाइलिश छ, जुन नेपाली भान्सासँग सजिलै मेल खान्छ। यसमा इन्भर्टर क्वाट्रो प्रविधिले खाना तताउनुका साथै ऊर्जा बचत गर्ने, दश वर्षको ग्यारेन्टीका साथै भरपर्दो दीर्घकालीन कार्यसम्पादन, सजिलो र आधुनिक बनावट, प्रयोग गर्न सहज, देख्दा आकर्षक जस्ता विशेषताहरू छन् ।
मिडिया कम्पनी एक अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त घरेलु सामग्री उत्पादक संस्था हो, जसका सामग्रीहरू दुई सयभन्दा बढी देशहरूमा उपलब्ध छन्। मिडियाले नवीन प्रविधिमार्फत मानिसको दैनिकीलाई अझ सहज र गुणस्तरीय बनाउन निरन्तर प्रयास गरिरहेको छ।
नेपालमा उपभोग्य विद्युतीय सामग्रीको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी सि।जी। इलेक्ट्रोनिक्सले मिडिया उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले उच्च गुणस्तर र सेवा प्रदान गरी नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएको छ।