२७ सयको बिन्दुमा उक्लियो सेयर बजार, ९ अर्ब ६४ करोडकाे काराेबार

शेयर बजार लगातार पाँचाै दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर २ हजार ७ सय ०५ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज हाेटल तथा टुरिजम, जलविद्युत, लगानी, माइक्राेफाइनान्स र व्यापार समुह घटेका छन्र भने अन्य समुह बढेका छन् । यसदिन फाइनान्स समुह सर्वाधिक ४.००९ प्रतिशतले बढेकाे छ भने जिवन बीमा र नििर्जीवन बीा समुह क्रमशः २.५६ र २.२४ प्रतिशतले बढेकाे छ ।
आज नेपाल फाइनान्स लिमिटेडकाे शेयर मूल्यमा सकारात्मक सर्कीट लागेकाे छ । नेप्से दोहोरो अङ्कले बढेको दिन सप्तकाेशी डेभलपमेन्ट बैंक र गुराँश लघुवित्त वित्तिय सैस्थाकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब ७४ कराेड ४८ लाख ४३ हजार रूपैयाँकाे काराेबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ ।