अर्को व्यवस्था नभएसम्म प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई
काठमाडाैं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई नेतृत्व सुम्पिएको हो।
अनुभवको फर्जी कागजात बुझाएर नियुक्ति लिएको आरोप लागेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा नियुक्त भएको चार महिनामै निलम्बनमा परेपछि सरकारले पोखरेललाई अध्यक्ष तोकेको हो ।
छानबिनका लागि मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा एक महिनाको म्यादसहित समिति गठन गरेको छ। समिति मार्फत ओझाको योग्यतासम्बन्धी विषयमा स्पष्ट सिफारिस आएपछि मात्र सरकारको अन्तिम निर्णय हुने बताइएको छ।
ओझा गत फागुन १२ गते बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। तर, छोटो अवधिमै उनको नियुक्ति विवादित बन्दै छानबिनसम्म पुगेको छ, जसले प्राधिकरणको स्थायीत्व र विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरेको छ।
















