प्रतिताेला १४०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
७ असार २०८३, आइतबार

प्रतिताेला १४०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । मंगलबार ताेलामा ६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य बुधबार एकैदिन १४०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ९४ हजार ४०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ९३ हजार रूपैयाँमा खरिदबिक्रि भएकाे थियाे ।

यस्तै आज चाँदीकाे भाउ पनि ताेलामा १० रूपैयाँ बढेकाे छ । मै.लबार प्रतिताेला २ हजार ३०० रूपैयाँमा काराेबार भएकाे चाँदी आज २ हजार ३१० रूपैयाँ निर्धारण भएकाे महासंघले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्