सेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार « Arthapath.com
२४ पुष २०८१, बुधबार

सेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार



काठमाडौं । सेयर बजारको उकालो यात्रा कायमै छ । बुधवार पनि बजार ६.५३ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसूचक २ हजार ६५३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज पनि विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त समूह हरियाली भएका छन् । त्यस बाहेक वाणिज्य बैंक, लगानी समूह, व्यापार, निर्जीवन बीमा लगायतका समूह भने घटेको छ ।

बजारसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज ६ अर्ब ४० करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार १२६ कित्ता सेयर किनबेच भएको छ ।

आज न्यादी हाइड्रोपावरको सर्वाधिक २२ करोड ५३ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार, सुपर मादी हाइड्रोपावरको १५ करोड ४२ लाख ९० हजार रुपैयाँ बरारबको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्