सेयर बजारमा हरियाली : नेप्से उच्च अंकले बढ्दा ९ अर्बमाथिको कारोबार

काठमाडौं । बुधबार भने सेयर बजारमा उत्साह देखिएको छ । केहीदिन यता झिनो अंकले बढी रहेको सेयर बजारमा आज उछाल देखिएको हो । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको छ ।
३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबार रकममा समेत उछाल आएको हो । यसदिन १३ वटै सूचकमा हरियाली छाएको छ ।
कारोबार अवधिभर १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।