‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत « Arthapath.com
२२ पुष २०८१, सोमबार

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत



काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । फण्डको १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बीउ पुँजीसहित) नेप्सेमा सूचीकृत भएको हो ।

मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबार नेप्सेमा सूचीकृत भएको हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।

एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्