‘एनएमबि हाईब्रिड फण्ड एल २’ माघ २४ गतेदेखि निष्काशन हुने « Arthapath.com
८ माघ २०८१, मंगलवार

‘एनएमबि हाईब्रिड फण्ड एल २’ माघ २४ गतेदेखि निष्काशन हुने



काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष एमएमबि हाईब्रिड फण्ड एल २ को इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ६८ लाख इकाइ कोष प्रवद्धक एनएमबि बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

फण्डको इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन ८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्