लगातार तेस्रो दिन घट्यो सुनको भाउ, प्रतितोला कति ? « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

लगातार तेस्रो दिन घट्यो सुनको भाउ, प्रतितोला कति ?



कठमाडौं । लगातार तेस्रो दिन सुनको मुल्य घटेको छ । नेपाली बजारमा सनुको मुल्य लगातार घटिरहेको छ ।मंगलबार १६ सय रुपैयाँले घटेको सुन हिजो छ सयले ओरालो लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ७ सय र तेजावि सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

सुन १ सय रुपैयाँले बढेपनि आज चाँदी ओरालो लागेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्