यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु
काठमडौं । सोमबार गुडविल फाइनान्स लगायतका दर्जनौं कम्पनीका लगानीकर्ता गुमाएका छन् ।
उक्त दिन गुडविलको सेयर मूल्य ९.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १०४ रुपैयाँ घटेर ९४५ रुपैयाँ कायम भएको छ।
उक्त दिन थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.३६ प्रतिशत घटेर प्रतिकित्ता ८४८ रुपैयाँ कायम भएको छ।
उक्त दिन नेपाल फाइनान्सको सेयर मूल्यमा पनि ८.४२ प्रतिशत, सृजनशील लघुवित्तको ८.२८ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको ७ प्रतिशत गिरावट देखिएको छ ।
साताको दोस्रो कारोबार दिन यी कम्पनीहरुसहित मेगा म्युचुअल फन्ड–१, सिन्धु विकास बैंक, भिजन लुम्बिनी उर्जा, समृद्धि फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, एशियन हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक लगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् ।