शेयर बजारमा आयो उछाल, एकै दिन नेप्से साढे ४४ अंकले बढ्यो  « Arthapath.com
१८ असार २०८३, बिहिबार

शेयर बजारमा आयो उछाल, एकै दिन नेप्से साढे ४४ अंकले बढ्यो 



काठमाडौं । आज शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै दिन साढे ४४ अंकले बढेको छ । आज नेप्से ४४.५९ अर्थात १.७० प्रतिशतले बढेर २६५२.९३ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा २५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३६२ वटा कम्पनीको शेयर ५६ हजार ८५० पटक किनबेच भएको थियो ।

आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज सबैभन्दा बढी लगानीकर्ता ट्रेडिङ समूह २.६०, निर्जीवन बीमा २.०३, हाइड्रोपावर २.४२ प्रतिशतले बढेको छ ।

आज समैभन्दा कम भने म्युचुअल फण्ड समूह ०.५५ प्रतिशत, लघुवित्त १.११ प्रतिशत र बैंकिङ समूह १.१४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्