नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ८९१ रूपैयाँ ३० पैसा कायम हुनेगरी शेयर मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ ।

नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य १ हजार २५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्