नेप्सेमा सूर्योदय लघुवित्तको २० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको ४ लाख ९६ हजार ८५.८५ कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
