नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत, डिम्याटमा कहिले आउला ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार विभिन्न ४ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा ३ कम्पनीको बोनस शेयर र १ कम्पनीको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंक, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर र सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस शेयर वापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको ४ लाख ९६ हजार ८५.८५ कित्ता नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत गरी कूल २९.१९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मगंलबार यी कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन् । सूचीकृत भएका यी सेयरहरुको दोस्रो बजारमा कारोबार भने शेयरधनीहरुको डिम्याट खातामा आएपछि मात्र गर्न सकिनेछ ।