नेप्सेमा १३ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।