नेप्से १५.०२ अकंले घट्दा कारोबार १ अर्बमा खुम्चियो, ११ उपसूचक राताम्य « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

नेप्से १५.०२ अकंले घट्दा कारोबार १ अर्बमा खुम्चियो, ११ उपसूचक राताम्य



काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । हिजो भारी अंकले गिरावट आएको नेप्सेमा आज पनि ओरालो लागेको हो ।

मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्दा भएको छ । सोमबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.९५ अकंले घटेर २३८६.०१ अकंमा बन्द भएको थियो ।

पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको थियो ।

यो साताको पहिलो दिन नेप्से उच्च अकंले बढे पनि साताको दोस्रा र तेस्रा दिन भने राताम्य भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा स्थानिय निकायमा हुने पैसाको चलखेल र प्रतिनिधि परिवर्तन हुने भएकाले नेप्से ओरालो लागेको आंकलन गरीएको छ ।

मंगलबार नेप्से घट्दा २ वटा समूक बाहेक सबै समूह राताम्य भएका छन् । आज म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.२९ प्रतिशत र म्युचुअल फण्ड समूहको १.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, बैंकिङ समूहको ०.३२ प्रतिशत, ब्यापार समूहको ०.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१२ प्रतिशत, विकास बैंक समूहका् १.०१ प्रतिशत, हाइड्रोपावर समूहको १.४९ प्रतिशत, फाइनान्स समूहको ०.९९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९३ प्रतिशत, अन्य समूहको ०.६२ प्रतिशत, माइक्रोफाइनान्स समूहका् ०.२८ प्रतिशत, जीवन बीमा समूहका् ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूहका् १.३९ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्