नेप्सेमा २० प्रतिशतसहित २ कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ लाख २ हजार ९६४.३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर वापतको ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर वापतको ७ लाख ३१ हजार ७२४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।















