सानिमा इक्विटी फण्डले कहिलते गर्दैछ बुक क्लोज ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सानिमा इक्विटी फण्डले कहिलते गर्दैछ बुक क्लोज ?



काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले बुक क्लोजका लागि मिति तय गरेको छ ।

फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको हो । फण्डले आगामी असोज ९ गते बुकक्लोज गर्ने भएको छ ।

यस अनुसार असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट योजनाको इकाईधनीहरुलाई करसहित २२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्