धौलागिरी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

धौलागिरी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?



काठमाडौं ।धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको १० लाख ३१ हजार कित्ता आईपीओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल डीएलबीएस रहेको छ ।

कम्पनीको आईपीओले पहिलो कारोबार १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने भएको छ । नेप्सेले कुनै पनि कम्पनीको प्रतिसेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

अब कम्पनीको सेयर आगामी आइतबारदेखि कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्