नबिल बैंकको ४ करोड २२ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

नबिल बैंकको ४ करोड २२ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नलिब बैंक लिमिटेडलेको बोनस शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १८.५० प्रतिशत बोनस बापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्