एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२८ अकंले घटेर १८६६.७८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजार नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
आज कालिन्चोक दर्शनको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँ ३० पैसाले बढेर ३११ रुपैयाँ ८० पैसा पुगेको छ ।
बिहीबार सिटिजन म्युचुअल फण्ड फण्ड २ को ९.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्त ५.४२ प्रतिशत, नाडेप लघुवित्तको ४.६५ प्रतिशतले बढेको हो ।
